Tuesday, 17 November 2015

मुक्त आकासमा प्रकाशित मुक्तकहरु :-

संयुक्त मुक्त  संग्राह " मुक्त आकाशमा प्रकासित मुक्तकहरु :-

(_____"मुक्तक"____)
(१)
अन्जान मै कति मायाहरु यहाँ दुःखे 
देख्न नपाई कति यहाँ सपनाहरु फुटे 
जति उध्रिए दुःखाहरु सीलाउदै गए
त्यहि पनि भेट्न नपाई खुशिहरु लुके !
(२)
मान्छेमा थुप्रै खरब बानी हुन्छन् उधार्नु पर्छ
धेरै कुरा सिकी आफै आफ्नो बानी सुधार्नु पर्छ
एक्लै जन्म एक्लै मृत्यु हो भने जिन्दगी निडर 
भई  अँध्यारोमा  पनि एक्लै  रात  गुजार्नु पर्छ !!
(३)
डुवे  म त  त्यो सुन्दर  नयनको नीर तालमा
आयौ यहाँ सपनामा लुट्यौ मेरो नीद रातमा
विश्वास दिई राखे माया चुलिन्छ सगरमाथा झै
नत्र पानीको थोपा भई खस्छ यहाँ नीम पातमा 
(४)
बिहनीको उज्यालो किरण छर्दै आऊ रवि
तिमीलाई नै हो मैले चुनेको  एकअसल कवि
राम्रो नराम्रो दुवै गुण हुन्छ,नै प्रतेक मानवमा 
तर जहिल्यै असल कुराहरुको मात्र देऊ छवि 
(५)
हुने छैन छातीभरी चोटहरु अब फाली रहन्छु 
जहाँ  फाट्छन् दुःखने प्वाल सबै टाली रहन्छु 
कति रात पर्छ पर्दै गरोस् हामी हिड्ने अँध्यारो 
बाटो  चिर्दै बिहनी ल्याउने  बत्ती बाली रहन्छु !!
(६)
ईर्ष्या डाहाहैन एकले अर्को हात समाऔं नारी
हरेक क्षेत्रमा अगि बढ्दै सक्षम बनाऔं  नारी
बलात्कारि  कुपुत्र  विचार  त्यो  अज्ञानीलाई,
 बाली ज्ञानको दियो अँध्यारोलाई काट्टऔं नारी
(७)
आफ्नो- आफ्नो भोगाई हो  जिबन कहाँ सबैको एउटै हुन्छ ?
हृदय सफा बनाई हेर्नु पर्छ ढङ्गा-मुढा पनि देवी -देवतै हुन्छ ! 
अशक्त,अभाव र असन्तुष्टि आफुसंग मात्र छ भनि नहेर न तिमी 
चिहाएर हेर्ने गर साहसी,बुध्दिजीवी र सुखी मान्छेहरु पनि रोएकै हुन्छ !!
(८)            
घोच्ने  दुःख्ने वाणले हान्यौ  वेसरी  
फर्की  तिमीलाई नघोचोस्  त्यसरी !
धेरै-धेरै माया बोक्ने  सानो मुटु छ भन्ठान्थेँ ,
 थुप्रै-थुप्रै दुख पीडा पनि अट्दो रहेछ कसरी ? 
(९)
आफ्नै भूमिले खेदाईदिदा पराई भूमिले बचायो
आफ्नै मान्छेले हराईदिदा पराई मान्छेले हँसायो 
सुनेथेँ जिन्दगानी आश्चर्य अनि अनौठोको हुन्छ,
अाज त्यहि अचम्म  जीवनको  गतिले  रूवायो !  
(१०)
स्वादिलो परिकारहरु भन्दा दाल-भात नै मिठो
सुन्दर मिठो भाव भएको मनको बात नै मिठो
कर्तव्यलाई पालन गर्नुपर्ने उज्यालो दिन भन्दा
कल्पनाको सागरमा ढुबाउने यो रात नै मिठो !!
(११)
कोही भन्छन् मलाई अफ्ठ्यारो भीरमा फुल्ने एउटा फूल 
कोही भन्छन् सिकाई हो जिन्दगी हुन्छ अलि-अलि भूल
मलाई लाग्दैछ सम्झौतामा बाँधिदै एक्लै-एक्लै हिड्दै छु,
जिन्दगीलाई तार्नुपर्ने धेरै हुनेरहेछ अनेकौ कठिन  पुल !
  (१२)
जलि रहेछ मुटु जाँडो लाग्या भए ताप्नलाई आऊँ  
यसै गरी कति बाँच्छे,भन्छौ भने नाप्नलाई आऊँ 
चारै दिशाबाट प्रहारभो जीउदो छैन केहि,निर्जीव
फलाम झै यो मन छ गाल्ने भए राप्नलाई आऊँ!
 (१३)
यो जन्म र मृत्यु जीवनको रीत हो साथी
समाजमा सत्कर्म गरौँ त्यही गीत हो साथी
ठूलो-सानो,धनी-गरीब र आफ्नो विरानो सबैमा
समान दूरीमा माया गरौं त्यहि प्रीत हो साथी !! 
(१४)
मन भए सम्झनाको तरेलीमा तिमी आई बस 
भए जति माया उसको सक्छौ भने तिम्ले खोस
सबै जान्ने वनेर दर्शनको कुरा मात्र नसुनाऊ है
आफै पहिला समस्याको समधान गर्न भित्र पस !!
(१५)
गर्नु हुन्छ सबैले मिठो भूल
रोपौं हामी अब सुन्दर फूल
बगाए मायाको सागर,धुन
 सक्छौं  यो पापीहरुको हुल !!
(१६)
हो मैले हाँसी- हाँसी विदा दिईरहेछु
त्यो सबै घृणा फाली माया लिईरहेछु
जीवनले आफ्नो यात्र आफै तैयार गर्छ 
सबै  छोडी  नियतिको  पछि  हिँडिरहेछु !
(१७)
अतीतको याद छल्किएर म वर्बाद भए
हाम्रो मिठो बात कल्पिएर म बर्बाद भए
एकोहोरो मायाको बाती बालिरह्यौ प्रिय,
 मुटुमै हरेक रात सल्किएर म बर्बाद भए !!


Thursday, 8 October 2015

मुकतक

गाँऊ,घर आँगनभरि लालुपाते फूल सधै फूले हुन्थ्यो
धानको वाला लहलह खेतवारीमा सधै झूले हुन्थ्यो
हिमाल,पहाड,आकाश र त्यो जन्मभूमि स्वर्ग झै लाग्छ,
विकासको ढोकाहरु आफ्नै घरदेशमै सधै खूले हुन्थ्यो

Thursday, 1 October 2015

मुक्तक संगालो

(१)
धावा नबोल कसैको राष्ट्रको सम्मानमा 
नराम्रो भए बानी धमिरा लाग्छ ज्ञानमा 
सम्मानमा उठेका हातहरुलाई पछुतो नहोस
खिल्ली नउडाउ धनीले गरिबको मुस्कानमा !!
                       ___________#राधाभट्टराई
(२)
पिरतीमा फसाउन सक्छौ भने गर कोसिश
आसुँ पुछ्दै हसाउन सक्छौ भने गर कोसिश
उजाड उराठ भएको छ आज मेरो घर संसार
घरबार  बसाउन  सक्छौ  भने  गर  कोसिश  !!
      ____________#कल्पना पौडेल"जिज्ञासु"
(३)
जति चोट पाए पनि सम्हालिएर जिएँ 
तिमीले हात थाप्यौ जे थियो सबै दिएँ 
एक भिखारी हुँ के नै हुन्छर मेरो झोलीमा 
तिम्रो नाटक मन्चन् हुँदा म होस् मै थिएँ 

____________ #लक्ष्मी अनुरागी
(४)
कति माया गर्छु तिमीलाई अझै भन्नु पर्छ ?
बाहिर भन्न नसके नि मनले हमेसा गर्छ 
बिपनामा टाढा छौ सपनामा कसले रोक्ने  
तिमीलाई भेट्न मन यो सात समुन्द्र तर्छ
                     ___________ #निलम भूषल
(५)
नेपालीको लागी संबिधान उपहार हुनुपर्छ 
 बांच र बांच्न देउ यस्तै अधिकार हुनुपर्छ 
 को धनी को गरीब भेदभाब नहोस अब 
 समान अधिकार पाउने आधार हुनुपर्छ ।
                 _________#Diya Chapagain
(६)
***ट्नु रेटें जिन्दगीलाई सारंगीको तार भए जस्तै
लागिरहेछ दुख पाउँदा आफ्नै सित भार भए जस्तै                                               रंगिन  फूलहरु ले  सजिएको  जीबन थियो  मेरो ,                                           लहलह  बालि  बिचको  लज्जावती  झार जस्तै !!
          _________#Keshu pokharel  Khanal 
(७)
स्वाभिमान नेपाली सुन्दर ढाकाटोपी र गलबन्दीले
तर देख्दै छु,छैन लाज छोपेको पटुकी र चौबन्दीले 
आत्मनिर्भर बन्न बाँकि नै छ ,के कुरामा गर्व गर्नु ?
अपमान भएको छ अघोषित अनैतिक नाकाबन्दीले 
               _____________#अम्बिका याम्फु "अनमोल"
(८)
केही हैन रैछ यहाँ चोला जिन्दगीको 
मरे पछि जाने ठाउँ खोला जिन्दगीको 
सम्पत्ती र माया मोह मिथ्या रैछ सबै 
सँगै लान हुन्न रैछ झोला जिन्दगीको |
     ___________#sabitra Luitel Ghimire 
(९)
कति गर्छौ अन्याय सरकार हामीलाई 
भयो अब नगर अत्याचार हामीलाई 
भोको,नांगो बस्न बाध्य नबनाउ यसरी 
चाहिदैन तिम्रो जस्तो दरबार हामीलाई !!
                   ___________#मुना सिग्देल
(१०)
आग्रह मुताबिकपनि अझैसम्म खोलिएन तगारो 
छट्पटीएर कयौं दिन बितेसक्यो हालिएन चारो 
जहाँ इच्छा त्यहि उपाय भोकापेटहरुले खोज्ने छन्  
विकल्प सहजै स्वार्थीको मुख ताकेर तातो न छारो
               ________#भबानी अधिकारी नेपाल
(११)
 सुर्यमा दिन चन्द्रमा रात हुन्छ हैन र 
हप्तामा जम्मा बार सात हुन्छ हैन र 
कसैलाइ यै संसार रंगीन मय लाग्ला,
अझै त कतिलाई आघात हुन्छ हैन र ?
________#रेखा पन्त ,गोर्खा हाल इजरायल     
(१२)
पहिला चिप्ला कुरा गरि  भुलायो पराइले  
अहिले घरमा आगो झोसी रुलायो पराइले ! 
 अरुको भरमा परि हामी मख्ख पर्ने कस्ता ?
अमृत   भित्र जहर घोली  पिलायो  पराइले !
                      _____________#Lila Rijal
(१३)
सोंच बद्लौं र बलिया पुर्वधार बनाउँ  
प्रेम र विश्वासलाइ दिगो आधार बनाउँ
हातमा हात मिलाई कर्ममा लागि परौं
र सुन्दर नेपालको सपना साकार बनाउँ
           ______________#रजनी शर्मा
(१४)
**सधैं तिम्रो समिपमा रमाउन खोजे 
उकालीमा तिम्रो हात समाउन खोजे ।
पिरतीको फूलबारीमा मगमग सुवास -
मनभरि विश्वास श्रद्धा जगाउन खोजे !!
___________________#भगवती बस्नेत
(१५)
सोच्दैछ हजुर किन भयौ लाचार हामी
चुन्न जानेनौ कहिले यो सरकार हामी
अर्काको आशामा बाँच्ने बानी भैसकेछ 
सुधार्न सकेनौ अहिलेसम्म आचार हामी !!
                 _________________#श्रेठ बसु 
(१६)
****मेरो जस्तै तिम्रो पनि मन कहाँ हुन्छ र !!
मलाई दुख्ने पिडाले तिम्लाई कहाँ छुन्छ र !!
 ओइलेर  धर्तीमा वझरी  सकेको  फूललाई,
माया  गरी  टिपेर  नकसले  माला  उंन्छ र !!
        _____________#निसा क्षेत्री कटुवालॉ
(१७)
गाडी चलाउने तेल सकियो सकियो ग्यास र नुन !!
मान्छेलाई सास्ती दिएरगर्ने यो नाकाबन्दी कुन हो?
हिम्मत भए आउ लड हामी हौं संतान बलभद्रका !!
रमिते मात्र बस्यौं भने फेरि पर्ने छ, एकदिन रुन !!
                  _______________#बबिता श्रेठ
(१८)
उजाडेर यहाँ नेपालीको बस्ति 
धेरै गर्यौ नेता तिम्ले मोजमस्ती
युवा शक्ति सारा परदेशमा हुँदा
गर्छ कस्ले देशको सुरक्षा र गस्ती
    ____________#बिमला शर्मा ढुगांना
(१९)
गन्तब्यमा पुग्दै बाटो भुल्न हुँदैन 
मिठो खाए पनि आँटो भुल्न हुँदैन 
प्रदेशमा जती सुख भए पनि हजुर,
आफ्नो  देशको  माटो भुल्न  हुँदैन !!      
        _________#shanta Khawas 
(२०)
रिसाउदै आगो बन्दा म तिमी पानी हुन्छौ भने
मलाई दुख्दा छेउमा आइ संग संगै रुन्छौ भने
आउ... बसौ साथैमा साथ् तिम्लाई दिने छु ,
कहिले नछुट्ने अजम्बरी प्रेमको गांथा बुन्छौ भने !!
           ______________#Sanu Gurug


Friday, 18 September 2015

''समुक्त मुक्तक ''

एक
.........
खुशीछु आमा तिम्रो नजरमा संसारको होईन
भरिपुर्ण छ ममता प्रेममा अन्धकारको होईन
मलाइ नदी हिमाल अनी बादलको कुरा गर
ठुलो महलमा बस्ने एक राजकुमारको होईन !! >>>>> श्रेष्ठ बसु
दुई
.....
नयाँ संविधानमा समेटिएको महिला हक हितका कुरा
साझा पहिचान ,धर्म निरपेक्ष चालचलन र रितका कुरा
नेपाली जनताले चाहे अनुरुपको संविधान घोषणा हुनेछ
देश बिकास निर्माणका बलियो कानुन निर्मितका कुरा !! >>>> भवानी अधिकारि नेपाल
तिन
.......
जीवन पनि किन लाग्छ बन्धन जस्तो
सधै भरि लाग्छ अर्काको खटन जस्तो
जति सुकै विदेशको रमझममा रमाए पनि
हुदैन रै' छ आफ्नो गाँउ घरको आँगन जस्तो !! >>>> निशा कटुवाल
चार
.......
देशले के दियो होइन देशलाई के दियौ सोच्ने बेला भो
खै के गर्यौ?नेपालीको पहिचान मात्र लियौ सोच्ने बेला भो
ठूला ठूला कुरा गरेर मात्र हुदैन, देशले खोजेको कर्म हो
देश टुट्दा र च्यातिदा के हामीले सियौ सोच्ने बेला भो !! >>>> निलम भुषाल
पाँच
.........
अब भने हर आत्मा देखी देश शुद्ध हुनुपर्छ
नयाँ बिहानी झैं फेरी एउटा बुद्द जन्मनुपर्छ
भाला र बन्दुकको गोलीलाई बन्द गरौँ हामी
युगौं युग सम्म शान्तिले यहाँ मन छुनुपर्छ !! >>>> केशु प्रोखरेल खनाल

......
अब हाम्रो देशको मुहार फेरिन्छ पक्कै
लुटी खाने काला बजार फेरिन्छ पक्कै
जनताको हितमा संबिधान बनाएर
सबै दलका फरक विचार फेरिन्छ पक्कै !! >>>>> बिमला शर्मा ढुंगाना
सात
........
ज़िन्दगी अल्झीयो यसै दोधारमा माया
नबूझी फैसला गर्यौ हतारमा माया
फूल जस्तै फूलेर झर्छ ज़िन्दगी हाम्रो
गार्हो हून्छ जिउन दोधारे बिचारमा माया !! >>>>> मुना सिग्देल
आठ
..........
जात धर्म लिंग वर्णका छोडिदेउ कुरा
छोड मान्छे मार्न अनि फाल भाला छुरा
स्वागत गरौँ सबै मिलि संविधानलाई
मनाउँ खुशी दिपावली गरौं देश पूरा !! >>>> बबिता श्रेष्ठ
नौ
........

उठौँ हामी घरघर बाट दाईजो प्रथा हटाउन
दासत्वले भरिएको आत्म सम्मान बचाउन
अन्यायको बिरुध्दमा चर्को आवाज नगुञ्जाए
कमी हुन्न पीडित माथि झुटो आरोप लगाउन !! >>>> साबित्रा लुईटेल घिमिरे
दश
.......
विधाताले ठग्यो लेख्न भाग्य खोटो बनायो
न टोपी छ न बाहुला जस्तै भोटो बनायो
न मरिजानु न गरिखानु दोधारमा परेको छु
माटोको मुर्ति सरह अचल फोटो बनायो !! >>>>> रेखा पन्त
एधार
........

वारपर उस्कै तस्वीरको छाई रहन्छ छाँया
मनले नबोलाई आफै उपस्थित भएछ माया
कुनै शब्दबाट आवाज निकालेर बुझाउनु परेन
थाहै नपाई गाढा भै बसेछ,मुटुको दाँया बायाँ !! >>>>> अम्बिका याम्फु अनमोल
बाह्र
........
नयाँ सम्बिधानमा दौरा सुरुवाल राष्टिय झन्डा फेरियो
नेता भन्नेहरुले जनतालाइ गरेको व्यवहार पनि हेरियो
जताततै हर्षउल्लास छ नयाँ संविधानको मिती तोकियो रे
विरोध गर्ने गरिरहेकै देख्छु खै कस्तो विधिबिधान कोरियो ? >>>> शान्ता खवाश
तेह्र
.......
आठबर्षको आग्रह -पूर्वाग्रह बाट संबिधान आउने भो
आशा गरौँ देशले अब उज्यालो बाटो पाउने भो
सकारात्मक सोच राखौं फेर्नेछ देशले काँचुली
घरदेश- परदेश जँहा रहे पनि सबको मन रमाउने भो !! >>>> राधा भट्टराई
चौध
.........
जनताद्वारा जनताको लागि गणत्रान्त्रिक संबिधान
सबै मिलि थालौं अब देश बनाउने अभियान
स्वाभिमानी नेपालीको पूरा भयो चाहना -
प्रतिक्षाको घड़ी सकियो समय रैछ बलवान ।। >>>>> भगवती बस्नेत
पन्ध्र
........
बेरोजगार र भ्रस्टाचार को अन्त्य गर्नुपर्छ
जात,धर्म विचको विभेद साम्य हुनुपर्छ
नयाँ संविधान लेखेर मात्र मात्र हुन्न
व्यवहारमा धनि गरिव सबलाई छुनुपर्छ !! >>>> रजनी शर्मा
सोह्र
........
यो रंगिन दुनियाँमा यिनै हातले बेढंगको चित्र बनाउन मन छ
गरिबी बेरोजगारी जति सबै मेरा मित्र यो कुरा जताउन मन छ
तिनैको निरीहता लाचारीपन मेरो पनि बिबसता उस्तै उस्तै
येस्तै सोचले नेपाल आमाको तस्बिर मनमा सजाउन मन छ !! >>>> लिला रिजाल
सत्त्रह
..........
जान्न भन्दा भन्दै पनि जाने दिन आउँछ
जस्ले पठाएको थियो उस्ले लिन धाउँछ
सबै कुरा जान्दा जान्दै गल्ति गर्छ मानिस
देह त्याग हुने पल अन्धकार छाउँछ !! >>>> लक्ष्मी अनुरागी

Sunday, 13 September 2015

कल्पना पौडेल "जिज्ञासु" का केहि मुक्तकहरु:-

अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन 
सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन 
कोमल मनका नारि तिमि हुनुपर्छ होसियार 
भोलि तिम्रै विरोधमा यहा जुट्ने धेरै हुन्छन ||

कोमल मेरो नौनी मनलाई पथ्थर बनाउछु 
लिलाम नहोस भावना त्यस्तो बजार बनाउछु 
कमजोर पार्छ आत्मलाई त्यो प्रेम भन्ने चिजले 
सपना देख्ने नज़र जलाई अंगार बनाउछु ||

सुनिरहू जस्तो लाग्छ उनै मिठा रातका कुरा 
नगर भो प्रियतम अब यिनी प्रभातका कुरा 
रुखो अनि सुख्खा सधै खडेरी झैँ भयो जीवन 
गरौ बरु पिरतीले रुझाउने बर्सातका कुरा

पिडाका यी खातहरु लुकाउन बाध्य छु म 
बग्ने आसुँ नयनमै सुकाउन बाध्य छु म 
 कहिल्यै निको नहुने चोट दिए आफ्नालेनै 
 उनकै सामु सिर यो झुकाउन बाध्य छु म

Monday, 31 August 2015

"संयुक्त मुक्तकमाला "


१,राधा भट्टराइ
कहाँबाट अधिकार पाएर छिमेकीले मेरो आँगन नाग्छन्
कसले दियो अनुमति जो कोही मेरो देशको माटो ताक्छन्
काका काकी चाचा चाची अंकल आन्टी गाँस्छन नाता पनि
तर मानवताको ईतिहास भुल्नेका हर नाता फिका लाग्छन् !!
****
२,लक्ष्मी अनुरागी
फूलले कहिल्यै भन्दैन मलाइ टिप भनेर
बाँस पनि बोल्दैन उसलाई खिप भनेर
जसो मन लाग्छ त्यसै गर्छौं हामी मान्छे
सुटुक्क भाग्छ अँध्यारो जलायौ दिप भनेर।।
******
३,मुना सिग्देल
आँखामा अपत्यारीला सबाल आउँछन
बेक़सूर यो मनलाई दोषी बनाउँछन
समयको पनि मनोमानी भो ज़िन्दगी सँग
कैले हाँस्न लगाउछन कैले रुन लगाउँछन!!
*****
४ भगवती बस्नेत
उठ जाग युवा अब नेपालको मुहार फेर्न
आफ्नै दाजुभाइको हत्या कसोगरी सक्छौ हेर्न?
जात धर्मको बिज रोपी आफ्नै भित्र लडाएर-
देशद्रोही राष्ट्रघातीलाई आजैदेखि थालौं घेर्न।।
*******
५,सावित्रा लुइँटेल घिमिरे
आमा रुँदा आसुँपुछ्ने सन्तान भेटिएन
सुन्दर शान्त नेपाल हेर्ने रहर मेटिएन
लौन दाजु लौन भाई सोचौं दिदी बहिनी
पहल गरौं शत्रुका ति घाँटी रेटिएन।।
******
६,भवानी अधिकारी नेपाल
अझै मन माझिएन द्वन्द झन चर्किन सक्छ
मायाँ त गरे झैं लाग्छ तर घृणा फर्किन सक्छ
कम्पन हुँदा बेजोडले धरासायी बन्दै गा'छ
प्रेमपथको यात्री यो बाटो मोडी तर्किन सक्छ ||
******
७,रजनी शर्मा
कहिले बाढी पहिरो आउने
कहिले भूकम्पले सताउने
दुश्मन पनि यहि वेला लाग्यो
को होला रगतको होली खेलाउने ||
*******
८,निसा कट्वाल
नबसौं साथी यसरी हामी कुलतमा फसेर
जागौं है अब देशको निम्ती यि घुँडा धसेर
छैन कोही यहाँ ठुलो र सानो नगरौं भेदभाव
दुख्दैछिन आमा बलिन्द्र धारा ति आसुँ खसेर |
*****
९,सबिता अधिकारी घिमिरे
मायामा टुटेको छ मन बुझिदिने को होला
सत्यता सँग साँच्ची डटेर जुझिदिने को होला
बिछोडमा जिउन कती कठिन् हुन्छ बुझ्नु
पिरतिको बर्षातमा रुझिदिने को होला ||
********
१०,रेखा पन्त
भताभुंग लथालिंग भा'को छ मन
बिपरित तर्फ मात्र गा'को छ मन
हेर्दा देख्दिन तर दुखिरहन्छ किन
कुटुकुटु भित्र भित्रै खा'को छ मन।।
*******
११,बसु श्रेष्ठ
मदिराको के नशा धोका पिउँनुमा मजा छ
आघातको चोटलाई हाँसेर सिउँनुमा मजा छ
सुखले बाँच्न यहाँ सबैले जानेको नै हुन्छ
दु:खले पिल्सिएर मलाई खिउँनुमा मजा छ।।
*******
१२,बिमला शर्मा ढुङ्गाना
भाई भाई फुटी देश लुटेका छन अचेल
त्यसैले त धेरै सवाल उठेका छन अचेल
सहमती होला भन्दा चर्किंदैछ द्द्न्द
शान्ति भंग गर्न मान्छे जुटेका छन अचेल।।
******
१३,अम्बिका याम्फु (अनमोल )
सर्वत्र शिक्षाको किरण छर्न तिमी मास्टर बनेर आउँनु
बर्षौ देखि रोगी छिन् जननी तिमी डाक्टर बनेर आउँनु
जात र धर्मले बुद्द क्षेत्र द्दन्द्दग्रस्त हुँदैछ,ख्रिश्टनको हैन
मौलिकताको दर्शन दिन तिमी आदिम पास्टर बनेर आउँनु।।
********
१४,निलम भुसाल
आफ्नै दाजुभाई पनि गर्छन मारामार
छिमेकी संग किन भयो पानी बाराबार
कस्तो थियो कस्तो भयो हेर्दा हेर्दै देश
कसले रोक्ला हिंसा हुन थाल्यो लगातार।।
*******
१५,कल्पना पौडेल "जिज्ञासु
यही मुटु कठोर पारी जिउँने आधार बनाउँछु
लिलाम नहोस भावना त्यस्तो बजार बनाउँछु
कमजोर पार्छ आत्मलाई मायाँ भन्ने चिजले
सपना देख्ने नज़र जलाई अंगार बनाउँछु।।।
*******
१६,शान्ता खवास
यादै यादमा जीवन हाम्रो ढल्दै छ
हिजो भन्दा आज झन झन गल्दै छ
कहाँबाट कहा पुर्यायो समयको वेगले ,
सोच्दै नसोचेको ढंगले जीवन चल्दै छ ||
*******
१७,सिता तिमल्सिना अधिकारी
घर अनि परिवार,छोडेर म परदेशमा रुन्छु
सम्झना का बिरुवा गोडेर म परदेशमा रुन्छु
हे माया ममताका खानी,माफ गर है भनी
दस-दस औंला,जोडेर म परदेशमा रुन्छु!!
******
१८,लिला रिजाल
एउटालाई चोट लाग्दा दुख्थ्यो गाउँनै पहिले
जिउंदै आगो सल्काएर मार्न थाले अहिले
खै के हुन लाग्या होला जुध्छन् सबै अचेल
मुटु दुख्ने खबर मात्र आउँछन् किन जहिले ||
******
१९ ,केशु पोख्रेल
आमाको मुहार हसिलो हेर्ने रहर छ
अँधेरो बस्ति उज्यालोमा फेर्ने रहर छ
शान्ति बिहिन छ मेरो देश आज
सेता कागजमा दुई शब्द केर्ने रहर छ

Thursday, 27 August 2015

-----मुक्तक-----

रंगीन रंग विहीन होस् या आधा यो जिन्दगी
जिउँन जाने कहिल्यै हुन्न साधा यो जिन्दगी
हरेक चीज संग आनन्द दिने मात हुन्छ भन्छन्,
बजाऊ'TITANIC'घन्टी हुन्न बाधा यो जिन्दगी !!

Sunday, 16 August 2015

कोसेली संयुक्त मुक्तक संग्रहमा प्रकासित मुक्तकहरु :-




(१)
तिमीलाई भेटे देखि बेहिसाब खै के मन पराएको छु ?
अनभिज्ञ त्यो कुन रुपको मोहानीमा तन हराएको छु !
जुन परिवेशमा जन्मेर हुर्कियौं त्याहिको माया मीठो 
अनि त फरिया-चोली लगाई नेपाली पन भराएको छु !!
(२)
उठाएर कलम दुई शब्द आज किन लेख्न मन लाग्यो ?
फेरि कोमल भो मन तिम्रो सबै प्रहार छेक्न मन लाग्यो,
दुःख पिडा सुताई निदाई रहन बेस लाग्थ्यो मलाई यहाँ 
तर आज छिट्टै ब्युझिएर तिमी नै किन देख्न मन लाग्यो ? 
(३)
किन भन्छन् ? यथार्थ नबेल्नु रे तीतो हुन्छ 
हो साथी,अरेको कुरा गर्नेु नै यहाँ छिटो हुन्छ
मलाई लाग्छ सत्य, स्पष्ट र सहि कुरा हैन भने
कसैसंग एक शब्द नी नबोल्नु यहि ठीक हुन्छ !
(४)
थाहै नदिई  यो जवानीले आफैलाई  छल्दो  रहेछ
दु:खीहरुको दुनियामा सुखी मन पनि गल्दो रहेछ
भन्छन् राम्रो कुरा बाटोमूनीबाट आउछ रे,अनित !
बिरानो यो ठाँउमा पनि आसको दियो बल्दो रहेछ !!
(५)
भेटे देखि आजसम्मको दूरीमा तिम्ले मायानै बढि गरेको नाप छ !
छुट्टिएर लाखौ कोस टाँढा बसे नि तिम्रो न्यानो मायाको राप छ !!
छुईना दुखी कति कोर्छस् कोर,ए नियति छुन नहुने  सीमा रेखाहरु,
घटेको ती हाम्रो मिठो घटनामा कहिल्यै नमेटिने अनमोल छाप छ !!!

Saturday, 13 June 2015

नाना रोदुङ्को दुई मुक्तक


(१)
आरक्षको जिम्म लियो अरे शिकारीले
अरबौको दानदिने कुरा गर्छ भिखारीले
काहलीए देविदेवताहरु छिन्न भिन्न हुन्दै 
मठमन्दिरको मूर्तिहरु बेचे पछि पुजारीले !
    (२)
ठिक उस्कै अगाडि भयङ्गकर पहिरो थियो 
 उ पुरिन्दै गर्दाखेरि रमितेहरुको धुइरो थियो 
 कसैले देखेन जहाँ म भोकले ढलिरहेको थिएँ
 हुन सक्छ उनीहरुको आँखामा कुहिरो थियो !!


Tuesday, 2 June 2015

मुक्तक

 दुखायो वीरेन्द्र शाहको वंश नाश भएको जेष्ठ१९ को कहाली लाग्दो रातले 
अचम्म छ अझैसम्म दण्ड,सजायको साँचो लाएको छैन अपराधीको हातले 
जनप्रिय, राष्ट्रप्रेमी देशको उच्च सुरक्षाको घेराभित्रा हुनेको त समाप्ति गरे 
के न्याय पाउला विचार ती पीडित निमुख,दलित जनजातिका जातले !

Thursday, 28 May 2015

"मुक्तक"

तिम्ले  प्रेम र  घृण मिसाएर पिलाएका जहरहरु 
यो महाभूकम्पको भन्द कम छदैछैन ती प्रहारहरु 
मेरो खुसीको मुस्कानले असहायभए,गर तिरस्कार
म त सधै बनाउने प्रयासमा छु हाम्रो सुन्दर शहरहरु

Monday, 25 May 2015

मुक्तक

के भन्नु साथी?आपत विपत्त पर्दा स्वार्थीहरुको कुबुद्दि मौलिएको छ !
आफुले आफैलाई विज्ञ सम्झने मूर्खहरु हेर सबै ठाँऊ फैलिएको छ !!
प्रकृतिको नियममा लेखिएको विनाशकारी रुप त क्षणिक न रहेछ ,
यहाँ बर्षौ नहटेको दरिद्ररुपले नौ रेक्टरस्केलमा टाँउको  हल्लिएको छ !!!

मुक्तक

हल्लीइन धर्तीमाता तिमी गोडापाउ थमाऊँ 
टुक्राटुक्रा पार्दै छिन छुट्नु हुन्न हात समाऊँ 
ए विज्ञहरु हो,यो संकटले अवसर पनि दिन्छ,
सचेत भै सक्षम नेतृत्व गरि नयाँ नेपाल बनाऊँ  ।

Friday, 13 March 2015

Muktak


(१)
जीवनको भेल बगेर यहाँ थुन्दाको हैरानमा छु 
हराएको खुसी जीतेर ल्याउने खेल मैदानमा छु 
आपतपरे मात्र  यादगर्ने बुझेरै दैव दुख दिन्छ रे,
अनित बीच बाटोमा साँझ पर्नै लाग्यो दौडानमा छु 
(२)
मलाई छलि ऊ टाँडा जान खोजी रहेछ 
यो मनले चहि सधै उसैलाई रोजी रहेछ 
भाग्यदातले हाँसो सुखी हैन रोदन लेख्या रहेछ ,
यसैले त आफ्नो विरानो सम्झिपीडा भोगी रहेछ 

Tuesday, 10 March 2015

मुक्तक



मन बाँध्ने धागो भए लौ भन साथी !
उडेर यो जान्छ,सधै आकाश माथी !!
अब म लुकाएर राख्छु,बुझ्नु पर्छ तिम्ले,
मेरो  मुस्कानको भाषा त्यो नाना भाँति !!!





Sunday, 8 February 2015

मुक्तक

आज एक्कासी स्कूलको दिनहरु याद आयो
ती अतीतका मिठा रमाईलो पलहरु मात भयो 
बालक, वयस्क र बृद्द हुन्दै जाने यो जीवन चक्र 
नचाहादा  नचाहादै  अल्लारे दिनको साथ गयो 

Monday, 19 January 2015

विधा मुक्तक


(१)
२०१४ को अन्तिम केहि  समय मात्र आजै छ
भएभरको ती पुरानो याद आएर सबै ताजै छ
आकास धर्ती उस्तै छ महिना साल मात्र फेरिए,
बिर्सेको नठान त्यो मिठो अतीत मुटुको माझै छ।
(२)
भेटे देखि आजसम्मको दूरीमा तिम्ले मायानै बढि गरेको नाप छ !
छुट्टिएर लाखौ कोस टाँढा बसे नि तिम्रो न्यानो मायाको राप छ !!
छुईना दुखी कति कोर्छस् कोर,ए नियति छुन नहुने  सीमा रेखाहरु,
घटेको ती हाम्रो मिठो घटनामा कहिल्यै नमेटिने अनमोल छाप छ !!!
(३)
तिम्ले युगले अपेक्षा गरे अनुसार सिर्जनाका फूल फुलाउनु
आस नभए एकपल बाँच्न सकिन्न सपनाका मूल फुटाउनु 
हो अधिकार विन्ति गरेर माग्द कसैले पाएको इतिहास छैन
अब आफ्नोपन त्यो खोसेर ल्याउने मान्छेहरुको हूल जुटाउनु 
(४)
जसरी हुरी बतास  जोड-जोड्ले यो मन भरी चलेको छ 
त्यसै गरि बाहिरा हावाहुरी संगै पानीको झरी  परेको छ 
बिदेसीएको एक्लो नजिक बस्ने एउटा आफ्नै मन प्यारो थियो,
त्यहि पनि आज आफ्नैसंग पुर्ण रुपमा पराई सरी लागेको छ ।

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...