Friday, 26 May 2017

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-


(१)
एक अर्कामा रंग साटासाट गरेर होली खेलौं
विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं
मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि,
भाईचार र प्रेमको गाढ रंग भरेर होली खेलौं !!
✍आम्विका याम्फु "अनमोल"
काठमान्डौ नेपाल 
हाल/- इजरायल 
(२)
बैगुनीलाई के थाह  आँखाको कर्काई 
के थाह निष्ठुरीलाई मायालुको पर्खाई
समय छदैं आऊ प्रिय सप्तरंग मा खेलौं 
कसले पो देख्या छ र समयको फर्काई !!
,,✍,राधा भट्टराई  
ईटहरी - सुनसरी  !!
(३)
खुशिले त होला आज रंग लगाउछ
पिर व्यथा सबै सबै रंगमै बगाउछ
रंगको पर्व मान्छ मान्छे कराउदै  होलि 
नाच्छ गाउछ खान्छ पिउछ चाड जगाउछ !
✍- बबिता A
(४)
रमाउने कोशिस गरौँ सधैँ साथि संगीसंग 
बहार छाओस  जीवनमा  होलि जस्तै सात रंग 
देश परदेश जहाँ भएपनि हाँसी खुशी रहनु 
रहिरहोस आपसमा  जोस जाँगर उमंग !!
Keshu Pokharel 
(५)
खुसीका रंगहरु छर्न  खोज्छु  दर्दका रंगले छेकिदिन्छ 
आशा र उमंगले भर्न  खोज्छु  छताछुल्ल भइ पोखिदिन्छ 
सायद ,यसकै नाम जिन्दगि होला अब  बुझ्न  थालेको छु 
परिस्थितिको सामना  गर्न खोज्छु बैरीको आँखा परिदिन्छ !!
✍साबि पाठक 
काठमाडौँ  चाबेल 
(६)
आउ प्रिय हामी मिलेर खेलौ होली
भरिदिन्छु तिम्रो म मायाको झोली 
जे जे गर्नु छ आजै समय छदै गरौ 
कसले देखेको छ र के हुन्छ भोली
    ✍नीलम भूसाल
 भरतपुर 2 -- चितवन
   हाल- इजरायल
(७)
इन्द्रेनी रङहरुले तिम्रो मुहार रङाउन मन छ 
कोमल फूलले प्रहार गरी होली मनाउन मन छ 
जति जन्म बितून् वा युग फेरियून् पर्वाह छैन 
हृदयमा सजाएर तिमीलै आफ्नै बनाउन मन छ
                                     ✍तारा कट्टेल
(८)
  ~~मुक्तक~~
हाँसो खुशी उमङ्गले जिन्दगी यो चुमिरहोस्
हिमाल पहाड तराईको माया सद्भाव  बनिरहोस् !
मनभरीको कालो मैलो रिस राग   हटाएर -
नेपालीमा एकता, भातृत्वको रंग  चढिरहोस् !!
~~~~~~ ✍भगवती बस्नेत
(९)
रङ्ग सधै भरी जीवनमा रंगिन बनी आउँनु 
ओठहरुमा मुस्कान छर्दै पलपलमा हसाउँनु    
सबै कालो मैलो हटाउदै कन्चन बनी फैलिदै 
सबको जीवनमा एकैनासे हरियाली सजाउँनु     
सुलोचना दाहाल 
बिराटनगर
(१०)
तिमीसँग रंग छरेर खेल्न मन लाग्यो होली 
 के भरोसा जिन्दगीको आज हो कि भोली 
 साथी सँड्गी मनका पिर बेथा खुलाएर हाँसौ 
 के थाहा यो समय सँगै बद्लिन सक्छ बोली !!
✍शान्त खवास
(११)
सधैं खुसीको बहार लिएर आओस होलीले
माया सद्भाव  र भातृप्रेम जगाओस होलीले
मान्छेमा रिसराग अहंकारको भावना  हटाइ
नयाँ जोश जाँगरिलो पन  बढाओस होलीले
✍सुभद्रा घिमिरे 
ललितपुर
(१२)
पाईला पाईलामा सफलता छाअोस् शुभ कामना 
 सातै रंगले मनमा उमंग ल्याओस शुभ कामना 
 एक अर्कोमा माया प्रेमको सद्भाभाबना रहिरहोस 
 होलीको रंगमा देशले शान्ति पाओस शुभ कामना ।
✍दिया चापागाई प
 पर्बत
(१३)
फागुन को महिना आयो खेलौ साथी होलि,,
भर छैन जिन्दगि को कहाँ पुगिने हो भोलि,,,
रातो .कालो .निलो हरियो रंग हातमा बोकी,,,
सप्तरंगी रंग मिसाई खेलौ साथी रंग घोली,,,
✍निसा कटवाल... झापा लक्ष्मीपुर,,,हाल इजरायल
U

No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...