संयुक्त मुक्त संग्राह " मुक्त आकाशमा प्रकासित मुक्तकहरु :-
(_____"मुक्तक"____)
(१)
अन्जान मै कति मायाहरु यहाँ दुःखे
देख्न नपाई कति यहाँ सपनाहरु फुटे
जति उध्रिए दुःखाहरु सीलाउदै गए
त्यहि पनि भेट्न नपाई खुशिहरु लुके !
(२)
मान्छेमा थुप्रै खरब बानी हुन्छन् उधार्नु पर्छ
धेरै कुरा सिकी आफै आफ्नो बानी सुधार्नु पर्छ
एक्लै जन्म एक्लै मृत्यु हो भने जिन्दगी निडर
भई अँध्यारोमा पनि एक्लै रात गुजार्नु पर्छ !!
(३)
डुवे म त त्यो सुन्दर नयनको नीर तालमा
आयौ यहाँ सपनामा लुट्यौ मेरो नीद रातमा
विश्वास दिई राखे माया चुलिन्छ सगरमाथा झै
नत्र पानीको थोपा भई खस्छ यहाँ नीम पातमा
(४)
बिहनीको उज्यालो किरण छर्दै आऊ रवि
तिमीलाई नै हो मैले चुनेको एकअसल कवि
राम्रो नराम्रो दुवै गुण हुन्छ,नै प्रतेक मानवमा
तर जहिल्यै असल कुराहरुको मात्र देऊ छवि
(५)
हुने छैन छातीभरी चोटहरु अब फाली रहन्छु
जहाँ फाट्छन् दुःखने प्वाल सबै टाली रहन्छु
कति रात पर्छ पर्दै गरोस् हामी हिड्ने अँध्यारो
बाटो चिर्दै बिहनी ल्याउने बत्ती बाली रहन्छु !!
(६)
ईर्ष्या डाहाहैन एकले अर्को हात समाऔं नारी
हरेक क्षेत्रमा अगि बढ्दै सक्षम बनाऔं नारी
बलात्कारि कुपुत्र विचार त्यो अज्ञानीलाई,
बाली ज्ञानको दियो अँध्यारोलाई काट्टऔं नारी
बाली ज्ञानको दियो अँध्यारोलाई काट्टऔं नारी
(७)
आफ्नो- आफ्नो भोगाई हो जिबन कहाँ सबैको एउटै हुन्छ ?
हृदय सफा बनाई हेर्नु पर्छ ढङ्गा-मुढा पनि देवी -देवतै हुन्छ !
अशक्त,अभाव र असन्तुष्टि आफुसंग मात्र छ भनि नहेर न तिमी
चिहाएर हेर्ने गर साहसी,बुध्दिजीवी र सुखी मान्छेहरु पनि रोएकै हुन्छ !!
(८)
घोच्ने दुःख्ने वाणले हान्यौ वेसरी
फर्की तिमीलाई नघोचोस् त्यसरी !
धेरै-धेरै माया बोक्ने सानो मुटु छ भन्ठान्थेँ ,
थुप्रै-थुप्रै दुख पीडा पनि अट्दो रहेछ कसरी ?
(९)
आफ्नै भूमिले खेदाईदिदा पराई भूमिले बचायो
आफ्नै मान्छेले हराईदिदा पराई मान्छेले हँसायो
सुनेथेँ जिन्दगानी आश्चर्य अनि अनौठोको हुन्छ,
अाज त्यहि अचम्म जीवनको गतिले रूवायो !
(१०)
स्वादिलो परिकारहरु भन्दा दाल-भात नै मिठो
सुन्दर मिठो भाव भएको मनको बात नै मिठो
कर्तव्यलाई पालन गर्नुपर्ने उज्यालो दिन भन्दा
कल्पनाको सागरमा ढुबाउने यो रात नै मिठो !!
(११)
कोही भन्छन् मलाई अफ्ठ्यारो भीरमा फुल्ने एउटा फूल
कोही भन्छन् सिकाई हो जिन्दगी हुन्छ अलि-अलि भूल
मलाई लाग्दैछ सम्झौतामा बाँधिदै एक्लै-एक्लै हिड्दै छु,
जिन्दगीलाई तार्नुपर्ने धेरै हुनेरहेछ अनेकौ कठिन पुल !
(१२)
जलि रहेछ मुटु जाँडो लाग्या भए ताप्नलाई आऊँ
यसै गरी कति बाँच्छे,भन्छौ भने नाप्नलाई आऊँ
चारै दिशाबाट प्रहारभो जीउदो छैन केहि,निर्जीव
फलाम झै यो मन छ गाल्ने भए राप्नलाई आऊँ!
(१३)
यो जन्म र मृत्यु जीवनको रीत हो साथी
समाजमा सत्कर्म गरौँ त्यही गीत हो साथी
ठूलो-सानो,धनी-गरीब र आफ्नो विरानो सबैमा
समान दूरीमा माया गरौं त्यहि प्रीत हो साथी !!
(१४)
मन भए सम्झनाको तरेलीमा तिमी आई बस
भए जति माया उसको सक्छौ भने तिम्ले खोस
सबै जान्ने वनेर दर्शनको कुरा मात्र नसुनाऊ है
आफै पहिला समस्याको समधान गर्न भित्र पस !!
(१५)
गर्नु हुन्छ सबैले मिठो भूल
रोपौं हामी अब सुन्दर फूल
बगाए मायाको सागर,धुन
सक्छौं यो पापीहरुको हुल !!
(१६)
हो मैले हाँसी- हाँसी विदा दिईरहेछु
त्यो सबै घृणा फाली माया लिईरहेछु
जीवनले आफ्नो यात्र आफै तैयार गर्छ
सबै छोडी नियतिको पछि हिँडिरहेछु !
(१७)
अतीतको याद छल्किएर म वर्बाद भए
हाम्रो मिठो बात कल्पिएर म बर्बाद भए
एकोहोरो मायाको बाती बालिरह्यौ प्रिय,
मुटुमै हरेक रात सल्किएर म बर्बाद भए !!
No comments:
Post a Comment