(१)
तिमीलाई भेटे देखि बेहिसाब खै के मन पराएको छु ?
अनभिज्ञ त्यो कुन रुपको मोहानीमा तन हराएको छु !
जुन परिवेशमा जन्मेर हुर्कियौं त्याहिको माया मीठो
अनि त फरिया-चोली लगाई नेपाली पन भराएको छु !!
(२)
उठाएर कलम दुई शब्द आज किन लेख्न मन लाग्यो ?
फेरि कोमल भो मन तिम्रो सबै प्रहार छेक्न मन लाग्यो,
दुःख पिडा सुताई निदाई रहन बेस लाग्थ्यो मलाई यहाँ
तर आज छिट्टै ब्युझिएर तिमी नै किन देख्न मन लाग्यो ?
(३)
किन भन्छन् ? यथार्थ नबेल्नु रे तीतो हुन्छ
हो साथी,अरेको कुरा गर्नेु नै यहाँ छिटो हुन्छ
मलाई लाग्छ सत्य, स्पष्ट र सहि कुरा हैन भने
कसैसंग एक शब्द नी नबोल्नु यहि ठीक हुन्छ !
(४)
थाहै नदिई यो जवानीले आफैलाई छल्दो रहेछ
दु:खीहरुको दुनियामा सुखी मन पनि गल्दो रहेछ
भन्छन् राम्रो कुरा बाटोमूनीबाट आउछ रे,अनित !
बिरानो यो ठाँउमा पनि आसको दियो बल्दो रहेछ !!
बिरानो यो ठाँउमा पनि आसको दियो बल्दो रहेछ !!
भेटे देखि आजसम्मको दूरीमा तिम्ले मायानै बढि गरेको नाप छ !
छुट्टिएर लाखौ कोस टाँढा बसे नि तिम्रो न्यानो मायाको राप छ !!
छुईना दुखी कति कोर्छस् कोर,ए नियति छुन नहुने सीमा रेखाहरु,
घटेको ती हाम्रो मिठो घटनामा कहिल्यै नमेटिने अनमोल छाप छ !!!
No comments:
Post a Comment