Sunday, 13 September 2015

कल्पना पौडेल "जिज्ञासु" का केहि मुक्तकहरु:-

अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन 
सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन 
कोमल मनका नारि तिमि हुनुपर्छ होसियार 
भोलि तिम्रै विरोधमा यहा जुट्ने धेरै हुन्छन ||

कोमल मेरो नौनी मनलाई पथ्थर बनाउछु 
लिलाम नहोस भावना त्यस्तो बजार बनाउछु 
कमजोर पार्छ आत्मलाई त्यो प्रेम भन्ने चिजले 
सपना देख्ने नज़र जलाई अंगार बनाउछु ||

सुनिरहू जस्तो लाग्छ उनै मिठा रातका कुरा 
नगर भो प्रियतम अब यिनी प्रभातका कुरा 
रुखो अनि सुख्खा सधै खडेरी झैँ भयो जीवन 
गरौ बरु पिरतीले रुझाउने बर्सातका कुरा

पिडाका यी खातहरु लुकाउन बाध्य छु म 
बग्ने आसुँ नयनमै सुकाउन बाध्य छु म 
 कहिल्यै निको नहुने चोट दिए आफ्नालेनै 
 उनकै सामु सिर यो झुकाउन बाध्य छु म

No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...