Saturday, 13 June 2015

नाना रोदुङ्को दुई मुक्तक


(१)
आरक्षको जिम्म लियो अरे शिकारीले
अरबौको दानदिने कुरा गर्छ भिखारीले
काहलीए देविदेवताहरु छिन्न भिन्न हुन्दै 
मठमन्दिरको मूर्तिहरु बेचे पछि पुजारीले !
    (२)
ठिक उस्कै अगाडि भयङ्गकर पहिरो थियो 
 उ पुरिन्दै गर्दाखेरि रमितेहरुको धुइरो थियो 
 कसैले देखेन जहाँ म भोकले ढलिरहेको थिएँ
 हुन सक्छ उनीहरुको आँखामा कुहिरो थियो !!


No comments:

Post a Comment

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...