(१ )
नेपाली भाषा बोल्दाखेरी भानुभक्त बोल्दै हुन्छन
चार जात छत्तीस वर्ण एकै ठाउँ घोल्दै हुन्छन
किन लेखे बधुशिक्षा नारित्वको अपमानमा भन्दै बहस चलाउदै कोइ, ज्ञान ज्योती पोल्दै हुन्छन
(२)
पड्काइ गोला पृथ्वीले गरे राष्ट्रिय एकीकरण
चलाइ कलम भानुभक्तलेगरे भाषिय एकीकरण
डग्मगाउदै छ सहिष्णुता निस्क अर्को पृथ्वी भानु
आवश्यक भो गर चाडै अब जातीय एकीकरण
(३)
लेखे कृति कमाए नाम बाउलाई चिनाए
काहाँको कहाँ बाल्मिकिको नाउलाई चिनाए
तराइ पहाड समेट्दै एउटै भाषा चलाएर
तनहुँको चुंदी रम्घा गाउँलाई चिनाए !!
नाम:-बबिता श्रेष्ठ
सितापाइला काठमाडौं
हाल रेखोवोत इजरायल
No comments:
Post a Comment