मुक्तकहरु
(१)
मान्छेले अरुको मर्म बुझ्दैन
बलि चढाउनेले धर्म बुझ्दैन
इर्ष्यामा जो परनिन्दा गर्छ
जलिरहन्छ आफ्नो कर्म बुझ्दैन
(२)
अफसोच देशबाट लिलाम भए
पापड सरी पेलिदै गुलाम भए
दु:ख पीडाहरु यति धेरै चपाएँ
खुशी खोज्दै हिँडे निख्लाम भए
(३)
उभिनु पर्छ आफ्नै धरातल बाट
बन्दैन स्याउ आपको फल बाट
सहरमा खुशी पठाई रहन्छिन
मेरी आमा मलाई मोफसल बाट |
चतुरमान राई
ओखाल्ढुङ्गा
हाल : मलेसिया
फोन न . ०६०-०१०७६४६०७२
No comments:
Post a Comment