(मुक्तक-1)
तीन चुलाको खरानी साथ बोकेर जाउ है खुसे
सुम्निमा पारुहाङको नाम खोपेर जाउ है खुसे दुई कठुवा र ढेके रुपैयाँ मात्र हैन जीवन हाम्रो
योभन्दा अमुल्य संस्कृती जोखेर जाउ है खुसे
(मुक्तक-2)
यो रुप हैन मन पो महान हुन्छ मेरो बिचारमा
दुई जनाको पनि जहान हुन्छ मेरो बिचारमा।
रुदै किन खोजी हिड्छौ मन्दिर, मस्जिद, चर्च
मान्छे नैमान्छेको भगवान हुन्छ मेरो बिचारमा।
(मुक्तक-3)
चाहे तराई पहाड चाहे हिमाली मै हुँ नेपाली
विश्व थर्काउने यो वीर गोर्खाली मै हुँ नेपाली ।
बहुल जाती भाषाभेष बहुल संस्कृतीका धनी
छातिमा नेपाल बोक्ने सम्भाली मै हुँ नेपाली ।
#दिलिप राई सगर, मोरङ
उर्लाबारी-4/253
हाल: मलेसिया
...
No comments:
Post a Comment