मुक्तक:(१)
नत जूनलाई टिप्न सक्छु,नत झार्न सक्छु।
नत तारालाई जुनको,ठाउँमा सार्न सक्छु।
यही सानो बाचा गर्न,चाहान्छु म तिमी संग,
जे-जे भन्छु त्यो,व्यबहारमा उतार्न सक्छु।
मुक्तक:(२)
हामी टाढा छौँ पिता माता कति रुन्छन् होला।
साना छोराछोरी मेरी राधा कति रुन्छन् होला।
सन्तान मारिएको समाचार जब घरदेश पुग्छ,
ति हिमचुली ती सगरमाथा कति रुन्छन् होला।
मुक्तक:(३)
ढुङ्गा माटो उस्तै घर छाउला उसैगरी।
बाचौ बाच्ने फेरि रहर छाउला उसैगरी।
कित देशै फर्क कित रकम पठाउ प्यारा,
बटुलेर पाखाको खर छाउला उसैगरी।
नाम:नवीन संघर्ष
पु.झा.-३,सिन्धुली
nabinsanggharsha@gmail.com
No comments:
Post a Comment