Sunday, 6 November 2016

सीमा कार्की जी का मुक्तकहरु

(मुक्तक-1)

नेपालीकै आँखामा किन अासुँ भरिन्छ जहिल्यै 
नेपाली मात्रै दुश्मनको नजरमा परिन्छ जहिल्यै 
हो मेरो मन छिया छिया हुन्छ यी कुराहरु सोचेर 
बिश्वको कुना कुनामा किन नेपाली मरिन्छ जहिल्यै ।।

(मुक्तक-2)

घरगोठ भत्कियो त्रिपाल छानो बनेको छ 
चोटहरु सहन मुटु हाम्रो अचानो बनेको छ ।
यो नियतिको लेखा पनि बुझी नसक्नु भो
सुन्दैन पुकार ईश्वरले, उ नै कानो बनेको छ ।

(मुक्तक-3)

दस नङ्ग्रा खियाएर खाली पेट भर्नु पर्यो 
यसैले परदेशमा गएर काम पनि गर्नु पर्यो ।
दैव लागेर हो कि खै केही बुझ्नै सकिएन
दुश्मनको जालमा परी परदेशमा मर्नु पर्यो ।

#सिमा कार्की , काभ्रे
        हाल: इराक

.....

चतुरमान राई जीका मुक्तकहरु


मुक्तकहरु
(१)
मान्छेले अरुको मर्म बुझ्दैन 
बलि चढाउनेले धर्म बुझ्दैन
इर्ष्यामा जो परनिन्दा गर्छ
जलिरहन्छ आफ्नो कर्म बुझ्दैन 
(२)
अफसोच देशबाट लिलाम भए
पापड सरी पेलिदै गुलाम भए 
दु:ख पीडाहरु यति धेरै चपाएँ
खुशी खोज्दै हिँडे निख्लाम भए 
(३)
उभिनु पर्छ आफ्नै धरातल बाट
बन्दैन स्याउ आपको फल  बाट
सहरमा खुशी पठाई रहन्छिन
मेरी आमा मलाई मोफसल बाट  |

चतुरमान राई  
ओखाल्ढुङ्गा 
हाल : मलेसिया 
फोन न . ०६०-०१०७६४६०७२

नवीन संघर्ष जीका मुक्तकहरु

मुक्तक:(१)
नत जूनलाई टिप्न सक्छु,नत झार्न सक्छु।
नत तारालाई जुनको,ठाउँमा सार्न सक्छु।
यही सानो बाचा गर्न,चाहान्छु म तिमी संग,
जे-जे भन्छु त्यो,व्यबहारमा उतार्न सक्छु।
मुक्तक:(२)
हामी टाढा छौँ पिता माता कति रुन्छन् होला।
साना छोराछोरी मेरी राधा कति रुन्छन् होला।
सन्तान मारिएको समाचार जब घरदेश पुग्छ,
ति हिमचुली ती सगरमाथा कति रुन्छन् होला।
मुक्तक:(३)
ढुङ्गा माटो उस्तै घर छाउला उसैगरी।
बाचौ बाच्ने फेरि रहर छाउला उसैगरी।
कित देशै फर्क कित रकम पठाउ प्यारा,
 बटुलेर पाखाको खर छाउला उसैगरी।

नाम:नवीन संघर्ष 
पु.झा.-३,सिन्धुली 
nabinsanggharsha@gmail.com

उमा दाहाल जी का मुक्तकहरु


मन परेको मान्छेले नै यत्रो बिस्वासघात गरे
माया अनि पिरतिमा आफ्नै जात खोज्नु अरे।
तिमी परेउ शुध्द बाहुन म परेँ क्षेत्रीकी छोरी 
आफ्नैजातकी केटी खोजी उसकै सिउंदो भरे ।
(मुक्तक -2)
हत्याहिंसा बलात्कार दिनदहाडै देखिन्छ यहाँ
सुगन्धित वस्त्रभित्र खाटो कैयौँ भेटिन्छ यहाँ।
अन्यायको इन्साफ छैन निर्दोषी झन दोषी छ,
यस्तै स्वाभावले हेर कैयौं किर्ती लेखिन्छ यहाँ।
(मुक्तक-3)
देशको किल्ला सीमा पारी सर्न दिदैनौँ
यो नेपालीलाई बिदेशी शरन पर्न दिदैनौँ ।
कसम आमा यो छोरिको वचन पक्का छ 
हामी तिम्रो आँखाबाट आँसु झर्न दिदैनौँ ।

#उमा वत्स दहाल
  गाईघाट, उदयपुर

***दिलिप राई जीका मुक्तकहरु ***

(मुक्तक-1)

तीन चुलाको खरानी साथ बोकेर जाउ है खुसे
सुम्निमा पारुहाङको नाम खोपेर जाउ है खुसे दुई कठुवा र ढेके रुपैयाँ मात्र हैन जीवन हाम्रो
योभन्दा अमुल्य संस्कृती जोखेर जाउ है खुसे 

(मुक्तक-2)

यो रुप हैन मन पो महान हुन्छ मेरो बिचारमा
दुई  जनाको पनि  जहान हुन्छ मेरो बिचारमा।
रुदै किन खोजी हिड्छौ मन्दिर, मस्जिद, चर्च
मान्छे नैमान्छेको भगवान हुन्छ मेरो बिचारमा।


(मुक्तक-3)

चाहे तराई पहाड चाहे हिमाली मै हुँ नेपाली
विश्व थर्काउने यो वीर गोर्खाली मै हुँ नेपाली ।
बहुल जाती भाषाभेष बहुल संस्कृतीका धनी 
छातिमा नेपाल बोक्ने सम्भाली मै हुँ नेपाली ।

#दिलिप राई सगर, मोरङ
       उर्लाबारी-4/253
         हाल: मलेसिया 

...

दीपक खड्का जी का मुक्तकहरु

(१)
पहिले थियो हिजो थियो आज पनि उस्तै छ
खोक्रो देश गरीब जनता समाज पनि उस्तै छ
बद्लिएन कही कतै देशको हालता अझै पनि
अन्धो कानुन नेता मन्त्री गुण्डाराज पनि उस्तै छ
(२)
हिजो इनै नेताहरू गस्ती बनाएर
आए कतिपय उजाड बस्ती बनाएर
अरुलाई रुवाएर आफू रमाएर आज,
बाँचेका छन् ति सबै मस्ती बनाएर !!
(३)
कहिले दिनमा देख्छु त,कहिले रातमा देख्छु 
देख्छु उसलाई हरपल आफ्नै साथमा देख्छु 
कस्तो सम्बन्ध हो जलेर खरानी भएको मान्छे
आजभोलि झन् प्रत्यक्ष उसको आत्मा देख्छु !
 नाम- दीपक खड्का
घर - दिपाएल सिलगढी सुदुर पश्चिम्
हाल - कुवेत कार्यरत
मेरो मोबाइल नम्बर- ००९६५९४०९८३९४ हो

निश्चल पंकजजीका मुक्तकहरु

१,
दिन दिनमा बद्लिने मान्छेको यो चोला 
आज यस्तो भोलि खै कस्तो हुने होला 
वरदान पनि कस्तो मिलेको मान्छे लाई 
जीवन भरी बोक्नै पर्ने संघर्षको झोला 

२, 
गर्नु सम्म दु:ख गरियो परदेशमा 
कयौं बर्खे भेल तरियो परदेशमा 
बोकेर आएको थेँ सपनाको भारी 
टुटे सपना मुर्छा परियो परदेशमा

३, 
मेरो यो दुई मुट्ठीको आखरी साँस गल्यो भने 
तिम्रो बाटो कुर्दाकुर्दै यो ज्यान भुत्त्त ढल्यो भने 
रुदैँ कराउँदै आउछ्यौ होला मेरो लास हेर्न लाई 
पंकज मर्यो भनी गाउँ घरमा हल्ला चल्यो भने 

नाम : निश्चल पंकज 
ठेगाना : रुँघा ३ रुकुम  नेपाल
nishchalji007@gmail.com
हालको बसाई : महाराष्ट्र भारत


शीव छाङ्छा राई जी का मुक्तकहरु

(मुक्तक-1)
राजनीतिको आडमा बसी मनपरि गर्नेहरुले
जनताको भलाईका लागि सधैँ पछि सर्नेहरुले
स्वार्थका लागि नदि,नाला देखि ईज्जत नै बेचे
लौ राम्रो काम गर्दा आहरिसले दागा धर्नेहरुले !
(मुक्तक-2)
आफू त देशका लागि खालि रित्तो गोजि भैछु
सुमार्ग बाटो देखाउन छाडी कुमार्ग रोजि गैछु 
जसले यो मुलुकलाई जुरुक्क उठाउन सकोस
देसमा त्यस्तो एक असल नागरिक खोजि रैछु।
(मुक्तक-3)
आदिबासी जनजाति मिली संस्कृति बचाउँ
हिमाल पहाड तराई मिली विकृति सचाउँ ।
भाषाभेष धर्म रीतिरिवाज सबैले सम्भाली
संसारकै नमुना राष्ट्र बनाई मयुर झै नचाउँ ।

#शीव छाङ्छा राई, 
  मोरङ, लक्ष्मीमार्ग
हाल मलेशिया 

वविता जी को मुक्तक

(१ )
नेपाली भाषा बोल्दाखेरी भानुभक्त बोल्दै हुन्छन 
चार जात छत्तीस वर्ण एकै ठाउँ घोल्दै हुन्छन 
किन लेखे बधुशिक्षा नारित्वको अपमानमा भन्दै बहस चलाउदै कोइ, ज्ञान ज्योती पोल्दै हुन्छन
(२)
 पड्काइ गोला पृथ्वीले गरे राष्ट्रिय एकीकरण 
चलाइ कलम भानुभक्तलेगरे भाषिय एकीकरण 
डग्मगाउदै छ सहिष्णुता निस्क अर्को पृथ्वी भानु 
आवश्यक भो गर चाडै अब जातीय एकीकरण 
(३)
लेखे  कृति  कमाए  नाम  बाउलाई चिनाए
काहाँको कहाँ बाल्मिकिको नाउलाई चिनाए
तराइ  पहाड  समेट्दै  एउटै  भाषा  चलाएर
तनहुँको  चुंदी  रम्घा  गाउँलाई  चिनाए  !!
नाम:-बबिता श्रेष्ठ 
सितापाइला  काठमाडौं 
हाल रेखोवोत इजरायल 

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...