(१)
कोमल मन कम्जोर ठानेऊ अब निस्टुरी हुन्छु
चाहे असम्भव के छ र यहाँ ? हेर,विस्तारी हुन्छु
कति कठोर बनेर आउछस् आँइजा ए ! नियति,
तिम्ले दिनभर गर्नै पर्ने शिकार त्यो कस्तूरी हुन्छु
तिम्ले दिनभर गर्नै पर्ने शिकार त्यो कस्तूरी हुन्छु
(२)
जीवनको पिर ब्याथ आफ्नै आँसुले धोए
तिम्लाई हाँसो दिएर एकान्तमा म रोए
म हारे,खेल्दियो खेल अनौठो जिन्दगीले
जस्लाई धेरै माया गर्थे उहिसंग टाँडा भए
(३)
बाहिरा झर्दैछ पानी बलेसिमा झरर
मेरो स्मृतिको पाना पल्टियो फरर
ती स्वाच्छ र सुन्दर गाँऊ बेसीमा ,
म सधै घुमफिर गर्थे हावा झै सरर
(४)
सुन्दर आकृति बस्यो आँखको यो परेलीमा
उस्लै भेट्ने तृष्णा छायो मनको यो तरेलीमा
हिड्दै थिए गोरेटोमा भेटे सुन्दर मन उसको
हिड्दै थिए गोरेटोमा भेटे सुन्दर मन उसको
राख्याछु,उसलाई नसोधी मुटुको मझेरीमा !
No comments:
Post a Comment