Sunday, 23 November 2014

मुक्तक

(१)
कोमल मन कम्जोर ठानेऊ अब निस्टुरी हुन्छु
चाहे असम्भव के छ र यहाँ ? हेर,विस्तारी हुन्छु 
कति  कठोर  बनेर आउछस् आँइजा ए ! नियति,
तिम्ले दिनभर गर्नै पर्ने शिकार त्यो कस्तूरी हुन्छु 
(२)
जीवनको पिर ब्याथ आफ्नै आँसुले धोए
तिम्लाई हाँसो दिएर एकान्तमा म रोए
म हारे,खेल्दियो खेल अनौठो जिन्दगीले  
जस्लाई धेरै माया गर्थे उहिसंग टाँडा भए 
(३)
बाहिरा झर्दैछ पानी बलेसिमा झरर
मेरो स्मृतिको पाना पल्टियो फरर
ती स्वाच्छ र सुन्दर गाँऊ बेसीमा ,
म सधै घुमफिर गर्थे हावा झै सरर
(४)
सुन्दर आकृति बस्यो आँखको यो परेलीमा
उस्लै भेट्ने तृष्णा छायो मनको यो तरेलीमा
हिड्दै थिए गोरेटोमा भेटे सुन्दर मन उसको
राख्याछु,उसलाई नसोधी मुटुको मझेरीमा !

Tuesday, 11 November 2014

मुक्तक

(१)
मेरो वरिपरिआत्महत्या गर्ने लहर चल्यो जस्तो छ 
भएजति सबै आसाहरु एक्कासी जल्यो जस्तो छ
गरायौ तिमीले सृष्टि हे भगवान,बाँच्ने हिम्मत देऊ
यी मनुवाहरुमा संघर्षगर्न् सहास ढल्यो जस्तो छ 
(२)
तिमी रगतमा विभेद गर्छौ भने,त्यो बेमान हुनेछ 
संघीयता फूले मेरोदेश फूलैफूलको बगान हुनेछ
समय भन्दा बलवान यहाँ कोहि  हुन्न,समयसंगै 
परिवर्तन भै सक्रिय नहुने सीमारेखा निधन हुनेछ 

Tuesday, 4 November 2014

मुक्तक

अँध्यारो रातले विहानीमा पुराइ बिउँझाई दिन्छ
बिलिन पार्न थकन र तनाव रातमा फिँजाई दिन्छ
मेरो कुनै गुनासो छैन यी रातहरुसंग उसैले गर्दा 
नै त यी नयन भरि मिठो सपनाहरु सजाई दिन्छ 
 

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...