१)
अन्जान मै कति मायाहरु यहाँ दुःखे
देख्न नपाई कति यहाँ सपनाहरु फुटे
जति उध्रिए दुःखाहरु सीलाउदै गए
त्यहि पनि भेट्न नपाई खुशिहरु लुके !
(२)
मान्छेमा थुप्रै खरब बानी हुन्छन् उधार्नु पर्छ
धेरै कुरा सिकि आफै आफ्नो बानी सुधार्नु पर्छ
एक्लै जन्म एक्लै मृत्यु हो भने जिन्दगी निडर
भई अध्यारोमा पनि एक्लै रात घुजार्नु पर्छ !
(३)
डुवे म त त्यो सुन्दर नयनको नीर तालमा
आयौ यहाँ सपनामा लुट्यौ मेरो नीद रातमा
विश्वास दिई राखे माया चुलिन्छ सगरमाथा झै
नत्र पानीको थोप भई खस्छ यहाँ नीम पातमा
(४)
बिहनीको उज्यालो किरण छर्दै आऊ रवि
तिमीलाई नै हो मैले चुनेको एकअसल कवि
राम्रो नराम्रो दुवै गुण हुन्छ,नै प्रतेक मानवमा
तर जहिल्यै असल कुराहरुको मात्र देऊ छवि
(५)
हुने छैन छातीभरी चोटहरु अब फाली रहन्छु
जहाँ फाट्छन् दुःखने प्वाल सबै टाली रहन्छु
कति रात पर्छ पर्दै गरोस्् हामी हिड्ने अध्यारो
बाटो चिर्दै बिहनी ल्याउने बत्ति बाली रहन्छु !!
(६)
ईर्ष्या डाहाहैन एकले अर्को हात समाऔं नारी
हरेक क्षेत्रमा अगि बढ्दै सक्षम बनाऔं नारी
बलात्कारि कुपुत्र विचार त्यो अज्ञानीलाई
दिई ज्ञानको दियो अध्यारोलाई काट्टऔं नारी
(७)
आफ्नो- आफ्नो भोगाई हो जिबन कहाँ सबैको एउटै हुन्छ ?
हृदय सफा बनाई हेर्नु पर्छ ढङ्गा-मुढा पनि देवी -देवतै हुन्छ !
अशक्त,अभाव र असन्तुष्टि आफुसंग मात्र छ भनि नरुऔ न तिमी
चिहाएर हेर्ने गर साहसी,बुध्दिजीवी र सुखि मान्छेहरु पनि रुएकै हुन्छ !!
(८)
घोच्ने दुःख्ने वाणले हानेऊ वेसरी
फर्कि तिमीलाई नघोचोस त्यसरी !
धेरै-धेरै माया बोक्ने सानो मुटु छ भन्ठान्थे ,
थुप्रै-थुप्रै दुख पिडा पनि अट्दो रहेछ कसरी ?
(९)
आफ्नै भूमिले खेदाई दिदा पराई भूमिले बचायो
आफ्नै मान्छेले हराई दिदा पराई मान्छेले हँसायो
सुने थे जिन्दगानी आश्चर्य र अनौठोको हुन्छ,
अाज त्यहि अचम्म जीवनको गतिले रूवायो !
(१०)
स्वादिलो परिकारहरु भन्दा दाल-भात नै मिठो
सुन्दर मिठो भाव भएको मनको बात नै मिठो
कर्तव्यलाई पालन गर्नु पर्ने उज्यालो दिन भन्दा
कल्पनाको सागरमा ढुबाउने यो रात नै मिठो !!
(११)
कोही भन्छन् मलाई अफ्यारो भिरमा फुल्ने एउटा फुल
कोही भन्छन् सिकाई हो जिन्दगी हुन्छ अलि-अलि भुल
मलाई लाग्दैछ सम्झौतामा बाधिन्दै एक्लै -एक्लै हिड्दै छु,
जिन्दगीलाई तार्नु पर्ने धेरै हुनेरहेछ अनेकौ अफ्यारो पुल !
(१२)
जलि रहेछ मुटु जाँडो लाग्य भए ताप्नलाई आऊँ
यसै गरि कति बाँच्छे,भन्छौ भने नाप्नलाई आऊँ
चारै दिशाबाट प्रहारभो जीउदो छैन केहि,निर्जीव
फलाम झै यो मन छ गाल्ने भए राप्नलाई आऊँ!
(१३)
यो जन्म र मृत्यु जीवनको रीत हो साथी
समाजमा सत्कर्म गरौ त्यहि गीत हो साथी
ठूलो-सानो,धनी-गरीब र आफ्नो विरानो सबैमा
समान दुरीमा माया गरौ त्यहि प्रीत हो साथी !!
(१४)
मन भए सम्झनाको तरेलिमा तिमी आई बस
भए जति माया उसको सक्छौ भने तिम्ले खोस
सबै जान्ने वनेर दर्शनको कुरा मात्र नसुनाउ है
आफै पहिला समस्याको समधान गर्न भित्र पस !!
(१५)
गर्नु हुन्छ सबैले मिठो भुल
रोपौं हामी अब सुन्दर फुल
बगाए मायाको सागर,धुन
सक्छौं यो पापीहरुको हुल !!
(१६)
हो मैले हाँसी- हाँसी विदा 'दी रहेछु
त्यो सबै घृणा फाली माया 'ली रहेछु
जीवनले आफ्नो यात्र आफै तैयार गर्छ
सबै छोडी नियतीको पछि ही'डी रहेछु !
(१७)
अतीतको याद छल्किएर म वर्बाद भए
हाम्रो मिठो बात कल्पिएर म बर्बाद भए
एकोहोरो मायाको बाती बाली रहयौ प्रीय
मुटु मै हरेक रात सल्किएर म बर्बाद भए
(१८)
जन्मदाता बुवा हजुर हामी विच साथ नभए पनि
म लड्न खोज्दा समाउने हजुरको हात नभए पनि
हजुरको महान् आर्दशले म हिड्दा कहिल्यै लड्ने
छैन, सुमार्ग दिने मिठो हजुरको बात नभए पनि
(१९)
एकान्तमा भेटे तिमीलाई भीड छोडी बस्न थाले
मैलेपनि प्रीतिको नशा पिउदै एक्लै रुन हास्न थाले
मिठो-मिठो सपनको संसार बनाई फेरिबसन्तको
बहार ल्याउन सारा खुसी भेला पारी नाच्न थाले
(२०)
सयद भाग्यको खेल होल बास प्रवास भयो
स्वदेश-विदेश दुवैले फेर्ने साँस हतास भयो
विशाल सागरमाथाको शिरले टेकेको माटो
आज छातीभरि दुखेको एकरास आभास भयो
(१९)
कानुनको नगरौ कुरा जस्को शक्ती उहि राजा
बन्दै छ रे मेरो देश पनि इराक, काबुल र गाँजा
सवै स्रटा रच्नु पर्ने र गाउनु पर्ने गीत छैन बाकी,
बज्नेभो रकेट,तोप, बारुद र गोलीनै अब बाजा !
(२०)
इजरायलमा द्वन्द मच्चाउने हमासकै नास होस्
परदेशको कठिन भोग्नु पर्द पनि बाँच्ने आस होस्
उज्यालो हेर्न नदिने अन्धकारको साथसंग हैन
अब मेरो तिम्रो सुन्दरआँखको परेलीमै बास होस्
No comments:
Post a Comment