मुक्तक संगालो
(१)
आजभोली मेरा हर चाहनाहरु शरणार्थी भएकाछन्
मेरा दिलका हर कामनाहरु शरणार्थी भएकाछन्
जसले बुझ्नु सुन्नु पर्ने उनले नै मेरा चाह नबुझेपछि,
ह्रदयका मेरा हर भावनाहरु शरणार्थी भएकाछन् !!
........✍राधा भट्टराई
(२)
बाँच र बचाऊ भन्ने उपकारी बन्नु तिमी
सत्कर्मलाई आफ्नो ठानी बफादारी बन्नु तिमी
गाँस , बास ,कपास भरिपुर्ण , परिपूर्ण गर्ने
संसारलाई खुशी पार्ने जिम्मेवारी बन्नु तिमी !!
_✍राजकुमारी श्रेष्ठ गोरख
(३)
कहिले लाग्छ फुटकर कहिले संगालो जस्तो !
सपनीको स्पर्श उनकै न्यानो अंगालो जस्तो !!
किस्ताबन्दिमा फुर्ने रचना बिछोडको !
कहिले भयावह नदि कहिले भंगालो जस्तो !
- ✍बबिता A
(४)
कोहि मर्न देखि डराउदैन भने ,बुझ त्यो नेपाली हुन्छ
कसैले उसलाई हराउदैन भने, बुझ त्यो नेपाली हुन्छ
इमान्दार र मेहनतले जे पाउछ त्यहि खान्छ, तर
पराई सामु हात फैलाउदैन भने, बुझ त्यो नेपाली हुन्छ !!
.....✍रजनी शर्मा न्युरोड पोखरा
(५)
भूगोललाई टुक्राटुक्रा पारी भाँच्छ प्रकृतिले
म हेर्न चाहन्न ताण्डव नृत्य नाँच्छ प्रकृतिले
भूकम्प प्रतिरोधक घरहरु बनाई सजक हौ,
मनुवालाई हैन सूर्यचन्द मात्र साँच्छ प्रकृतिले !!
.....✍अम्विका याम्फु "अनमोल"
संखुवा सभा / कपन काठ्मान्डौ
हाल इजरायल
(६)
कहिले पनि हुँदैन भलो बिस्वास गर्दा घात दिनेको
डंडाल्नु निल्न खोज्छन यहाँ दुःख पर्दा हात दिनेको.....
समस्यामा पर्यो भने घुँडा टेक्न पनि पछि पर्दैन मान्छे
फेरि मौका परे खन्छ खाल्डो उसैलाई साथ दिनेको !!
......✍नीलम भुसाल ,,,,चितवन
(७)
अन्धकारछ भेटिन्न गन्तव्य पाइला गलेको बेला
मस्तिष्कमा अनेकौं सवालले द्वन्द्व चलेको बेला
भक्कानिन्छ मन जीवन यात्रामा एक्लो आभासले
कोही छैन निभाउने छातीभरि राँको जलेको बेला !!
.....✍कल्पना पैडेल"जिज्ञासु "
(८)
पुर्वको मेचीमा होस् या पश्चिमको महाकाली
तथानाम भन्दै गर्छन् एक-अर्कालाई गाली
जति गरे पनि तछाडमछाड जातभातको
विश्वमा चिनाउने पहिचान एउटै हो नेपाली !!
..... ....✍सुभद्रा घिमिरे
ललितपुर ,धापाखेल
हाल इजरायल
(९)
भत्कीदैन कहिले विश्वास र मायाले बनेको त्यो घर,
सुन्दर बनाउन एक आपसमा हुनु पर्छ बलियो भर |
जँहा भावनाको कदरहुन्छ,त्यही इज्जत र स्नेह हुन्छ,
अनि बन्छ आत्मीयमन नछुटिने साथ र एउटै
थर !!
.....✍
शान्ति राई/स्मृति
ईलाम / माईपोखरी -३
हाल-इजरायल
(१०)
दुनियाँमा यति धेरै किन बैगुनी हुन्छ मान्छे
मौका पर्दा रंग फेर्दै फेरी किन खुनी हुन्छ मान्छे
गोलो छ पृथ्वी घुमिफिरी सबैतिर आउछ जान्छ
थाह नपाई कुनबेला किन जुनी फेर्छ मान्छे ?
.....✍Kesu
(११)
आफ्नै पौरखले बाँच्न सक्नु पर्छ
सीर न झुकाई हाँस्न सक्नु पर्छ
सफा दिल बनाई एक अर्कामा,
पिरतीको माला गाँस्न सक्नुपर्छ !!
....✍सीमा सुबेदी ,हाल इजरायल
ललितपुर , धापाखेल
(१२)
भुइचालोले चर्किएर लाखौ घरहरु ढल्यो
देखेर यो दुखी मन आज धेरै धरै जल्यो
चक्नाचुर भइ फुटे सपनीहरु एकै छिनमा,
यो दैवले पनि खै किन यति सारो छल्यो!!
.....✍शान्ता खवास झापा : नेपाल
हाल: इज़रायल
(१३)
बाटो हेर्नु भन्दा आफैं केही गरौं हजुर
आज रोपे भोली फल्छ बिउ छरौं हजुर
नेपाली हौं हार मान्ने छैनौं कहिल्यै पनि
यै देशमा जन्म्यौं हामी यहिं मरौं हजुर !!
.....✍सावित्रा लुइँटेल घिमिरे झापा -बिर्तामोड /हाल-इजरायल
(१४)
न ढोका मनको न आकार मनको!
यसैले त खुल्ला छ सँसार मनको !!
सताउछ यादले कति भिज्छ परेलि!
अपार लाग्छ पृय तिम्रो प्यार मनको !!
....✍मुना सिग्देल
(१५)
जाइ,जुइ,लालीगुराँस थरीथरी फूल
जननी र जन्मभूमि सिर्जनाको मूल
तिमी हाँस खुशी छु म आफैँ रोइदिन्छु,
आफैँ जली उज्यालो दिंदा हुदैन कि भूल !!
........✍भगवती बसस्न्त
(१६)
हिमाली पहाडी तराई छ हाम्रो
म मेरो नभन्दा भलाई छ हाम्रो
हटाऔ म भन्ने कुविचा र फालौं
नयनको ईशारा लगाई छ हाम्रो !!
.......✍रेखा पन्त .गोर्खा हाल इजरायल
(१६)
आँशुमा डुबेको जीवन मुस्कान छैन मसंग
तिम्रो मनमा बस्ने जस्तो भगवान छैन मसंग
अर्काको कहरमा बाचेको छ जिन्दगी यहाँ
सबै संग हासेर रमाउने बरदान छैन म संग !!
....✍निसा कटवाल !!! झापा लक्ष्मी पुर् !! कन्काई नगर पालिका
(१७)
सहन कति सकु तिम्रो सिरानीको बेरोजगार भय
हतियार तिमी भयौ बिरानीको बेरोजगार भय
साथमा मनको बारीमा आज उनियोकोराज हुदा
तिमी खुसि भयो दुखको भीकारी बेरोजगार भय
....✍सबिता अधिकारी (घिमिरे ) हाल इजरायल लमजुङ
(१८)
छेपारो मात्रै किन मान्छे पनि देखियो रंग फेर्ने
जमाना दोषी नभै मुर्ख हो स्वास पैसा संग फेर्ने
समायोजन होला र योजना अलग्गै पारे पछि
मुखमा राम बगलीमा छुरा कामको ढंग फेर्ने !
.....,,✍भवानी अधिकारी नेपाल
गजुरी १ ,धादिङ
(१९)
विरुवा उमारी दिन्छु मरुभूमिमा
र कुवा सुधारी दिन्छु मरुभूमिमा
बनाउँला उर्वरा र हराभरा आजै
सुगन्ध थुपारी दिन्छु मरुभूमिमा !!
--
✍सानु खतिवडा
ठेगाना :- मकवानपुर हेटौडा -९
हाल :- इजरायल
(२०)
सकिन भने म तिम्रो हुन नरोए पियारी
औशिको रात मागेर जून नरोए पियारी
सकिन तिर्न साहुको ऋण जादैछु मुग्लान
आँशुको साटो बग्दछ खुन नरोए पियारी !!
...✍विमला शर्मा ढुंगाना काठमाडौँ-सतुंगल
चन्द्रागिरी नगरपालिका
हाल -इजरायल
(२१)
यस्तो एउटा हाहारिलो घाम लाग्नु पर्छअब
उन्नतिको पथ भेट्न नलाम नलाग्नु पर्छअब
जलश्रोत र प्राकृतिकले हरा,भारा देश हाम्रो,
यहि देशमा युवाशक्ती काम लाग्नु पर्छअब !!
....✍नाम कल्पना राई ( नाना रोदुंग)
खोटांग दिक्तेल निर्मली डाँडा ६
हाल इजरायल
(२२)
यो कस्तो अत्यास लाग्दो मझदार जिन्दगी
चल्छ हो हल्ला कै भरमा सरकार जिन्दगी
न आफ्नो लागी जिउन सक्ने न लड्न सक्ने
बिन स्वामित्व अरुकै भो अधिकार जिन्दगी !
......✍बसु श्रेष्ठ भैरहवा रुपन्देही
(२३)
ठण्डी जत्ति नै होस् घर जलाएर कोहि पनि आगो ताप्दैन
दिवाल फोडेर घरको इज्जत कोहि पनि बाहिर फ्याक्दैन
स्वार्थमा देशलाई डुबाउने जो कोहि होस् पर्खनु मात्र पर्छ,
सबै चिज दोहोरिन्छ समय कसैको पनि दाहिना हुनै सक्तैन !!
....✍लिला रिजाल सुबेदी ,सिनामंगल काठमाण्डौ
(२४)
परेली रुझेकाछन् मुस्कुराउ भन्छौ तिमी
दिल जलेकोछ प्रेमगीत फुराउ भन्छौ तिमी
खुशीको दियो निभ्यो फेरी जलाउन सकिन
घायल छु भेट्ने साहित जुराउ भन्छौ तिमी !!
....✍लक्ष्मी अनुरागी : बोहोराटार काठमाडौँ
(२५)
इमान जवान बिश्वास कहाँ दिएर आयौं ?
खोइ कसको कस्तो त्यो जवानी पिएर आयौं ?
भूइंबाट उठाइ छातीमा सजाएथे मैले
अहो!आज मेरै प्रेमको मूल्य लिएर आयौं ?
...✍सानू पौडेल
काभ्रे पलाञ्चोक
No comments:
Post a Comment