Friday, 18 September 2015

''समुक्त मुक्तक ''

एक
.........
खुशीछु आमा तिम्रो नजरमा संसारको होईन
भरिपुर्ण छ ममता प्रेममा अन्धकारको होईन
मलाइ नदी हिमाल अनी बादलको कुरा गर
ठुलो महलमा बस्ने एक राजकुमारको होईन !! >>>>> श्रेष्ठ बसु
दुई
.....
नयाँ संविधानमा समेटिएको महिला हक हितका कुरा
साझा पहिचान ,धर्म निरपेक्ष चालचलन र रितका कुरा
नेपाली जनताले चाहे अनुरुपको संविधान घोषणा हुनेछ
देश बिकास निर्माणका बलियो कानुन निर्मितका कुरा !! >>>> भवानी अधिकारि नेपाल
तिन
.......
जीवन पनि किन लाग्छ बन्धन जस्तो
सधै भरि लाग्छ अर्काको खटन जस्तो
जति सुकै विदेशको रमझममा रमाए पनि
हुदैन रै' छ आफ्नो गाँउ घरको आँगन जस्तो !! >>>> निशा कटुवाल
चार
.......
देशले के दियो होइन देशलाई के दियौ सोच्ने बेला भो
खै के गर्यौ?नेपालीको पहिचान मात्र लियौ सोच्ने बेला भो
ठूला ठूला कुरा गरेर मात्र हुदैन, देशले खोजेको कर्म हो
देश टुट्दा र च्यातिदा के हामीले सियौ सोच्ने बेला भो !! >>>> निलम भुषाल
पाँच
.........
अब भने हर आत्मा देखी देश शुद्ध हुनुपर्छ
नयाँ बिहानी झैं फेरी एउटा बुद्द जन्मनुपर्छ
भाला र बन्दुकको गोलीलाई बन्द गरौँ हामी
युगौं युग सम्म शान्तिले यहाँ मन छुनुपर्छ !! >>>> केशु प्रोखरेल खनाल

......
अब हाम्रो देशको मुहार फेरिन्छ पक्कै
लुटी खाने काला बजार फेरिन्छ पक्कै
जनताको हितमा संबिधान बनाएर
सबै दलका फरक विचार फेरिन्छ पक्कै !! >>>>> बिमला शर्मा ढुंगाना
सात
........
ज़िन्दगी अल्झीयो यसै दोधारमा माया
नबूझी फैसला गर्यौ हतारमा माया
फूल जस्तै फूलेर झर्छ ज़िन्दगी हाम्रो
गार्हो हून्छ जिउन दोधारे बिचारमा माया !! >>>>> मुना सिग्देल
आठ
..........
जात धर्म लिंग वर्णका छोडिदेउ कुरा
छोड मान्छे मार्न अनि फाल भाला छुरा
स्वागत गरौँ सबै मिलि संविधानलाई
मनाउँ खुशी दिपावली गरौं देश पूरा !! >>>> बबिता श्रेष्ठ
नौ
........

उठौँ हामी घरघर बाट दाईजो प्रथा हटाउन
दासत्वले भरिएको आत्म सम्मान बचाउन
अन्यायको बिरुध्दमा चर्को आवाज नगुञ्जाए
कमी हुन्न पीडित माथि झुटो आरोप लगाउन !! >>>> साबित्रा लुईटेल घिमिरे
दश
.......
विधाताले ठग्यो लेख्न भाग्य खोटो बनायो
न टोपी छ न बाहुला जस्तै भोटो बनायो
न मरिजानु न गरिखानु दोधारमा परेको छु
माटोको मुर्ति सरह अचल फोटो बनायो !! >>>>> रेखा पन्त
एधार
........

वारपर उस्कै तस्वीरको छाई रहन्छ छाँया
मनले नबोलाई आफै उपस्थित भएछ माया
कुनै शब्दबाट आवाज निकालेर बुझाउनु परेन
थाहै नपाई गाढा भै बसेछ,मुटुको दाँया बायाँ !! >>>>> अम्बिका याम्फु अनमोल
बाह्र
........
नयाँ सम्बिधानमा दौरा सुरुवाल राष्टिय झन्डा फेरियो
नेता भन्नेहरुले जनतालाइ गरेको व्यवहार पनि हेरियो
जताततै हर्षउल्लास छ नयाँ संविधानको मिती तोकियो रे
विरोध गर्ने गरिरहेकै देख्छु खै कस्तो विधिबिधान कोरियो ? >>>> शान्ता खवाश
तेह्र
.......
आठबर्षको आग्रह -पूर्वाग्रह बाट संबिधान आउने भो
आशा गरौँ देशले अब उज्यालो बाटो पाउने भो
सकारात्मक सोच राखौं फेर्नेछ देशले काँचुली
घरदेश- परदेश जँहा रहे पनि सबको मन रमाउने भो !! >>>> राधा भट्टराई
चौध
.........
जनताद्वारा जनताको लागि गणत्रान्त्रिक संबिधान
सबै मिलि थालौं अब देश बनाउने अभियान
स्वाभिमानी नेपालीको पूरा भयो चाहना -
प्रतिक्षाको घड़ी सकियो समय रैछ बलवान ।। >>>>> भगवती बस्नेत
पन्ध्र
........
बेरोजगार र भ्रस्टाचार को अन्त्य गर्नुपर्छ
जात,धर्म विचको विभेद साम्य हुनुपर्छ
नयाँ संविधान लेखेर मात्र मात्र हुन्न
व्यवहारमा धनि गरिव सबलाई छुनुपर्छ !! >>>> रजनी शर्मा
सोह्र
........
यो रंगिन दुनियाँमा यिनै हातले बेढंगको चित्र बनाउन मन छ
गरिबी बेरोजगारी जति सबै मेरा मित्र यो कुरा जताउन मन छ
तिनैको निरीहता लाचारीपन मेरो पनि बिबसता उस्तै उस्तै
येस्तै सोचले नेपाल आमाको तस्बिर मनमा सजाउन मन छ !! >>>> लिला रिजाल
सत्त्रह
..........
जान्न भन्दा भन्दै पनि जाने दिन आउँछ
जस्ले पठाएको थियो उस्ले लिन धाउँछ
सबै कुरा जान्दा जान्दै गल्ति गर्छ मानिस
देह त्याग हुने पल अन्धकार छाउँछ !! >>>> लक्ष्मी अनुरागी

Sunday, 13 September 2015

कल्पना पौडेल "जिज्ञासु" का केहि मुक्तकहरु:-

अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन 
सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन 
कोमल मनका नारि तिमि हुनुपर्छ होसियार 
भोलि तिम्रै विरोधमा यहा जुट्ने धेरै हुन्छन ||

कोमल मेरो नौनी मनलाई पथ्थर बनाउछु 
लिलाम नहोस भावना त्यस्तो बजार बनाउछु 
कमजोर पार्छ आत्मलाई त्यो प्रेम भन्ने चिजले 
सपना देख्ने नज़र जलाई अंगार बनाउछु ||

सुनिरहू जस्तो लाग्छ उनै मिठा रातका कुरा 
नगर भो प्रियतम अब यिनी प्रभातका कुरा 
रुखो अनि सुख्खा सधै खडेरी झैँ भयो जीवन 
गरौ बरु पिरतीले रुझाउने बर्सातका कुरा

पिडाका यी खातहरु लुकाउन बाध्य छु म 
बग्ने आसुँ नयनमै सुकाउन बाध्य छु म 
 कहिल्यै निको नहुने चोट दिए आफ्नालेनै 
 उनकै सामु सिर यो झुकाउन बाध्य छु म

मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...