Thursday, 8 October 2015

मुकतक

गाँऊ,घर आँगनभरि लालुपाते फूल सधै फूले हुन्थ्यो
धानको वाला लहलह खेतवारीमा सधै झूले हुन्थ्यो
हिमाल,पहाड,आकाश र त्यो जन्मभूमि स्वर्ग झै लाग्छ,
विकासको ढोकाहरु आफ्नै घरदेशमै सधै खूले हुन्थ्यो

Thursday, 1 October 2015

मुक्तक संगालो

(१)
धावा नबोल कसैको राष्ट्रको सम्मानमा 
नराम्रो भए बानी धमिरा लाग्छ ज्ञानमा 
सम्मानमा उठेका हातहरुलाई पछुतो नहोस
खिल्ली नउडाउ धनीले गरिबको मुस्कानमा !!
                       ___________#राधाभट्टराई
(२)
पिरतीमा फसाउन सक्छौ भने गर कोसिश
आसुँ पुछ्दै हसाउन सक्छौ भने गर कोसिश
उजाड उराठ भएको छ आज मेरो घर संसार
घरबार  बसाउन  सक्छौ  भने  गर  कोसिश  !!
      ____________#कल्पना पौडेल"जिज्ञासु"
(३)
जति चोट पाए पनि सम्हालिएर जिएँ 
तिमीले हात थाप्यौ जे थियो सबै दिएँ 
एक भिखारी हुँ के नै हुन्छर मेरो झोलीमा 
तिम्रो नाटक मन्चन् हुँदा म होस् मै थिएँ 

____________ #लक्ष्मी अनुरागी
(४)
कति माया गर्छु तिमीलाई अझै भन्नु पर्छ ?
बाहिर भन्न नसके नि मनले हमेसा गर्छ 
बिपनामा टाढा छौ सपनामा कसले रोक्ने  
तिमीलाई भेट्न मन यो सात समुन्द्र तर्छ
                     ___________ #निलम भूषल
(५)
नेपालीको लागी संबिधान उपहार हुनुपर्छ 
 बांच र बांच्न देउ यस्तै अधिकार हुनुपर्छ 
 को धनी को गरीब भेदभाब नहोस अब 
 समान अधिकार पाउने आधार हुनुपर्छ ।
                 _________#Diya Chapagain
(६)
***ट्नु रेटें जिन्दगीलाई सारंगीको तार भए जस्तै
लागिरहेछ दुख पाउँदा आफ्नै सित भार भए जस्तै                                               रंगिन  फूलहरु ले  सजिएको  जीबन थियो  मेरो ,                                           लहलह  बालि  बिचको  लज्जावती  झार जस्तै !!
          _________#Keshu pokharel  Khanal 
(७)
स्वाभिमान नेपाली सुन्दर ढाकाटोपी र गलबन्दीले
तर देख्दै छु,छैन लाज छोपेको पटुकी र चौबन्दीले 
आत्मनिर्भर बन्न बाँकि नै छ ,के कुरामा गर्व गर्नु ?
अपमान भएको छ अघोषित अनैतिक नाकाबन्दीले 
               _____________#अम्बिका याम्फु "अनमोल"
(८)
केही हैन रैछ यहाँ चोला जिन्दगीको 
मरे पछि जाने ठाउँ खोला जिन्दगीको 
सम्पत्ती र माया मोह मिथ्या रैछ सबै 
सँगै लान हुन्न रैछ झोला जिन्दगीको |
     ___________#sabitra Luitel Ghimire 
(९)
कति गर्छौ अन्याय सरकार हामीलाई 
भयो अब नगर अत्याचार हामीलाई 
भोको,नांगो बस्न बाध्य नबनाउ यसरी 
चाहिदैन तिम्रो जस्तो दरबार हामीलाई !!
                   ___________#मुना सिग्देल
(१०)
आग्रह मुताबिकपनि अझैसम्म खोलिएन तगारो 
छट्पटीएर कयौं दिन बितेसक्यो हालिएन चारो 
जहाँ इच्छा त्यहि उपाय भोकापेटहरुले खोज्ने छन्  
विकल्प सहजै स्वार्थीको मुख ताकेर तातो न छारो
               ________#भबानी अधिकारी नेपाल
(११)
 सुर्यमा दिन चन्द्रमा रात हुन्छ हैन र 
हप्तामा जम्मा बार सात हुन्छ हैन र 
कसैलाइ यै संसार रंगीन मय लाग्ला,
अझै त कतिलाई आघात हुन्छ हैन र ?
________#रेखा पन्त ,गोर्खा हाल इजरायल     
(१२)
पहिला चिप्ला कुरा गरि  भुलायो पराइले  
अहिले घरमा आगो झोसी रुलायो पराइले ! 
 अरुको भरमा परि हामी मख्ख पर्ने कस्ता ?
अमृत   भित्र जहर घोली  पिलायो  पराइले !
                      _____________#Lila Rijal
(१३)
सोंच बद्लौं र बलिया पुर्वधार बनाउँ  
प्रेम र विश्वासलाइ दिगो आधार बनाउँ
हातमा हात मिलाई कर्ममा लागि परौं
र सुन्दर नेपालको सपना साकार बनाउँ
           ______________#रजनी शर्मा
(१४)
**सधैं तिम्रो समिपमा रमाउन खोजे 
उकालीमा तिम्रो हात समाउन खोजे ।
पिरतीको फूलबारीमा मगमग सुवास -
मनभरि विश्वास श्रद्धा जगाउन खोजे !!
___________________#भगवती बस्नेत
(१५)
सोच्दैछ हजुर किन भयौ लाचार हामी
चुन्न जानेनौ कहिले यो सरकार हामी
अर्काको आशामा बाँच्ने बानी भैसकेछ 
सुधार्न सकेनौ अहिलेसम्म आचार हामी !!
                 _________________#श्रेठ बसु 
(१६)
****मेरो जस्तै तिम्रो पनि मन कहाँ हुन्छ र !!
मलाई दुख्ने पिडाले तिम्लाई कहाँ छुन्छ र !!
 ओइलेर  धर्तीमा वझरी  सकेको  फूललाई,
माया  गरी  टिपेर  नकसले  माला  उंन्छ र !!
        _____________#निसा क्षेत्री कटुवालॉ
(१७)
गाडी चलाउने तेल सकियो सकियो ग्यास र नुन !!
मान्छेलाई सास्ती दिएरगर्ने यो नाकाबन्दी कुन हो?
हिम्मत भए आउ लड हामी हौं संतान बलभद्रका !!
रमिते मात्र बस्यौं भने फेरि पर्ने छ, एकदिन रुन !!
                  _______________#बबिता श्रेठ
(१८)
उजाडेर यहाँ नेपालीको बस्ति 
धेरै गर्यौ नेता तिम्ले मोजमस्ती
युवा शक्ति सारा परदेशमा हुँदा
गर्छ कस्ले देशको सुरक्षा र गस्ती
    ____________#बिमला शर्मा ढुगांना
(१९)
गन्तब्यमा पुग्दै बाटो भुल्न हुँदैन 
मिठो खाए पनि आँटो भुल्न हुँदैन 
प्रदेशमा जती सुख भए पनि हजुर,
आफ्नो  देशको  माटो भुल्न  हुँदैन !!      
        _________#shanta Khawas 
(२०)
रिसाउदै आगो बन्दा म तिमी पानी हुन्छौ भने
मलाई दुख्दा छेउमा आइ संग संगै रुन्छौ भने
आउ... बसौ साथैमा साथ् तिम्लाई दिने छु ,
कहिले नछुट्ने अजम्बरी प्रेमको गांथा बुन्छौ भने !!
           ______________#Sanu Gurug


मुक्तक सर्जक मित्रहरुको होली बिशेष मुक्तकहरु :-

(१) एक अर्कामा रंग साटासाट गरेर होली खेलौं विभिन्न जात बिच सद्भाव छरेर होली खेलौं मदिरा पिएर उच्छृङ्खल गतिविधि केहि नगरि, भाईचार...